७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

वडिमालिका नगरपालिकामा ४ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना


संगिता तिमिल्सेना

 ९, फाल्गुन, बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमै रहेको वडिमालिका नगरपालिकामा ४ ओटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने निति अनुसार नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापन गरेकोे हो ।
नगरपालिकाको वडा नं १ पिनालेख, वडा नं ३ रजाली, वडा नं ५ मना र वडा नं ६ क्रोधमा अहिले सहरी स्वास्थ्य केन्द्र स्थापना भएका छन् । नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६मा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नगरपालिकाका ५ ओटा वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडी सारेको थियो । सोही योजना अन्तरर्गत हालसम्म्म नगरपालिकाका ४ ओटा वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । अब एउटा स्वास्थ्य केन्द्र वडा नं ४ रिलामा निमार्ण गरिने वडिमालिका नगरपालिकाका उप–प्रमुख कविता विष्टले जानकारी दिईन ।
उप–प्रमुख विष्टका अनुसार आउँदो आर्थिक वर्ष २०७६÷०७७ मा बाँकी वडामा पनि सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नगरपालिकाको लक्ष्य रहेको बताईन । स्वास्थ्य केन्द्र स्थापना भैसकेपछि हरेक वडाका स्थानीय गर्भवती महिला, बालबालीका, अपागं, असाहायहरुले समयमै स्वास्थ्य सेवा पाउने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*