१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

लुम्बिनी प्रदेशका दुईजना सांसदलाई पदमुक्त गर्न एमालेको पत्राचार

लुम्बिनी प्रदेशका दुईजना सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।
नबनियुक्त मुख्यमन्त्री कुलबहादुर केसीको मन्त्रीमण्डलमा विनाविभागिय मन्त्री भएका अजय शाही र सांसद विमला खत्री (वली) लाई पद मुक्त गर्न पत्राचार गरिएको एमालेका मुख्यसचेत भुमिश्वर ढकालले बताए ।
एमालेको सूर्य चिन्हबाट निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र निर्देशन विपरीत गएको भन्दै पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्राचार गरिएको ढकालको भनाई छ ।
शाहीले आफू स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने, वलीले माओवादी केन्द्र रोजेको भन्दै माओबादी केन्द्रका बिभिन्न गतिबिधीमा संलग्न हुदै आएको आरोप छ ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट र वली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तात्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*