७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

लिए पाँच आयोगका अध्यक्षले सपथ

७, चैत्र, काठमाडौं । संवैधानिक परिषद्बाट सिफारिस विभिन्न ५ आयोगका अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियूक्त गरेकी छिन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा बिहिबार (आज) आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरेकी हुन् ।
नियूक्त हुनेमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा डा. शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा बिष्णुप्रसाद चौधरी र समिम मिँया अन्सारी मुस्लिम आयोगमा नियूक्त भएका हुन् ।
नियूक्त भएका पाँचै जनाले बिहीबार (आजै) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समक्ष आ–आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको शपथ लिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*