८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

लाभग्राहीबाट २३ करोड फिर्ता

२६, फाल्गुन, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट झण्डै २३ करोड रुपैयाँ फिर्ता गराएको छ ।
प्राधिकरण अन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्बाधारका अनुसार पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता गराईएको हो । एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले जानकारी दिए । अहिले आएर घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम शुरु भएको प्रमुख वस्तीले बताए ।
तर कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको समेत कार्यालयले जानाएको छ । त्यस्ताकालागि सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिका मार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने प्रमुख वस्तीको भनाई छ ।
उनका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । यसमा नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक हुने छ ।
अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल सङ्ख्या आठ लाख १२ हजार ३७१ रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*