११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

लगातार टेलिफोन र इन्टरनेट अवरुद्ध


संगिता तिमिल्सेना
०५,फाल्गुन, बाजुरा – जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको नेपाल टेलिकमको सेवा पटक पटक अवरुद्ध हुन थाले पछि सेवा ग्राही मारमा परेका छन । नेपाल टेलिकमको कालाजग्रा स्थित टावरमा आएको समस्याले उत्तरपूर्वी क्षेत्रको पुरै टेलिफोन र एडिएसएलको इन्टरनेट सेवा अवरुद्ध हुदा नेपाल टेलिकमको सेवा लिई रहेका ग्राहक मारमा परेका हुन । केहि समय यता हिमपातले अवरुद्ध भएको टेलिकम सेवा सूचारु गर्न स्थानिय युवाहरुले टावरमै पुगेर टावरको पातामा भएको हिउँ हटाए पछि सेवा केहि दिन सञ्चालनमा आएको थियो । पछिल्लो समय फेरी भएको हिमपात पछि टेलिफोन सेवा पुनः अवरुद्ध हुदैआएको छ । नेपाल टेलिकमले दुर्गम स्थानमा गुणस्तरीय सेवा दिन नसकेको भन्दै स्थानियले आक्रोस समेत ब्यक्त गरेका छन । टेलिफोन सहित एडिएसएलको इन्टरनेट सेवा समेत अवरुद्ध भएको कोल्टीका ब्यापारी सञ्जय रोकायाले बताए । इन्टरनेट नचलेपछि अहिले बैंक तथा वित्तिय संस्थाहरुको काम समेत प्रभावित भैरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*