१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला

२२, फाल्गुन, धनगढी । जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको घटनाको दोषि ठहरगरी उनिहरुलाई जन्मकैदको फैसला सुनाएको हो ।
अदालतले जन्मकैदको फैसला गरेकाहरुमा प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी रहेका छन् । त्यस्तै वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३९३० नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । प्रतिवादी मध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिका सम्बन्धी ऐनानुसार आधा सजाय अर्थात १० वर्ष कैद हुने अदालतले ठहरे गरेको छ ।
त्यस्तै अदालतले जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार सोहि घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ ९३०नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ । त्यस्तै विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई पनि मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ ९३०नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ ।
प्रतिवादी मध्ये चुन्नीराम यही फागुन ३० गतेदेखि थुनामुक्त हुने र अन्यको कैद अवधि तीन वर्ष भुक्तान भइसकेकाले बुधबार (आजै) थुनामुक्त हुने कैलाली अदालतका स्रेस्तेदार कठायतले जानकारी दिए ।
यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महीना कैद हुने ठहर भएकामा निजको पनि कैद भुक्तान भइसकेकाले बुधबारनै थुनामुक्त हुने छन् । अन्य प्रतिवादी नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले भने अदालतबाट सफाइ पाएका छन् ।
जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि पछिल्लो पटक भएको निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । राजपाको दबाप पछि चौधरीलाई शपथग्रहण समेत गराइएको थियो ।

थरुहट-थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो ।

फैसलाको राजपाले बिरोध गर्यो
यसैबिच रमेशलाल चौधरी सहित ११ जनालाई जन्मकैदको सुनाईएको फैसलाको राजपाले बिरोध गरेको छ । राजपाका नेता राजेन्द्र महतोले जनताद्वारा निर्बाचित जनप्रतिनिधीलाई यसरी जेल हाल्नु अमान्य हुने बताएका छन् । नेता महतोले थारु, मधेशी, जनजाती मिलेर आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृर्या दिदै नेता महतोले चौधरीलाई आन्दोलनकारी भएकै कारण जेल हाल्ने अदालतले गिरिजा प्रसाद कोईराला, के.पी. ओली र पुष्पकमल दाहाललाई किन जेल नहालेको भनेर प्रस्न गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*