७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

रियल मड्रिड बार्सिलोनालाई पछि पारेर पुनः दोस्रो स्थानमा

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड पुनः दोस्रो स्थानमा उक्लिएको छ र उसले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी पाँचमा झारेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि १२ औँ मिनेटमा करिम बेन्जिामा तथा ४२ औँ मिनेटमा टोनी क्रसले गोल गरेका हुन् ।

जितपछि दोस्रो स्थानमा उक्लिएको रियल मड्रिडको २३ खेलबाट ४९ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २१ खेलबाट ५४ तथा तेस्रो स्थानको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ ।

आइतबार राति भएका अरु खेलमा रियल बेटिसले भिल्लारियललाई २–१, ओसासुनाले लेभान्टे तथा रियल सोसिडाडले गेटाफेलाई समान १–० ले पराजित गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*