१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

राष्ट्र बैंकले आज दुई अर्ब १० को ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ। यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो।

सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ। बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*