६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

राष्ट्र बैंकद्वारा गाईको चित्र अङ्कित चाँदिका ‘मेडालियन सिक्का’ बिक्री वितरण सुरु


नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ ।
टक्सार महाशाखा बबरमहलमा आईतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकलका गभर्नर महाप्रसाद अधिकारीले बिक्रि गरिने सिक्का सार्वजनिक गरे ।
महाशाखाका अनुसार १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरिएको हो ।
गत जेठ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिए संगै सिक्का उत्पादन सुरु गरिएको हो ।
बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको समेत टक्सार महाशाखाले बताएको छ ।
बिक्रि गरिने १० ग्रामको सिक्काको १ हजार छसय र २५ ग्रामको सिक्कालाई ४ हजार रुपैयाँ निर्धारण गरिएको समेत महाशाखाले जनाएको छ ।
दर उल्लेख नगरी निष्कासन गरिएको उक्त सिक्कालाई ‘मेडालियन’ भनिने र त्यसमा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको समेत महाशाखाको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*