१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

राष्ट्रिसभामा कोमल वलीको प्रश्न : जनतामा जानु कसरी सर्वसत्तावाद र अधिनायकवाद हुन्छ ?


सत्तारुढ नेकपाकी सांसद कोमल वलीले प्रधानमन्त्री केपी ओलीले आफुले काम गर्न पाइन भनेर नयाँ जनमतका लागि जनतामाझ जानु कसरी सर्वसत्तावाद र अधिनायकवाद हुन्छ भनि प्रश्न गरेकी छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले सरकार, संसद, अदालत र निर्वाचन आयोगमाथि शंका गरेको भन्दै अदालतलाई आयोगलाई विश्वास नगर्नु पो सर्वसत्तवाद होइन र भनि प्रश्न गरिन् । उनले पार्टीमा वरियाता र पद बाहेक जनताका मुद्दामा कुनै पनि नेताहरुले नबोलेको बताइन् ।

सांसद वलीले नेताहरुले सरकारलाई गाइड गर्न नसकेको र स्थायी समितिमा कुन कुर्सीमा को बस्यो, कुर्सी कता फर्काएर राखियो भन्ने विषयमा नेताहरु केन्द्रीत हुँदा सरकारले काम गर्न नसकेको बताइन् ।

उनले नेकपाका नेताहरुले सरकारलाई सहयोग गर्ने सुझाव दिने भन्दा पनि आफुलाई केन्द्रमा राखेर प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले बाध्य भएर संसद भंग गरिएको पनि बताइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*