११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

राष्ट्रियसभाको हिउँदे अधिवेशनको आजै अन्त्य

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने भएको छ । ६ महिनाभित्र संसद अधिवेशन बस्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

पुस १७ गते शुरु भएको राष्ट्रियसभा अधिवेशन आज अन्त गर्नका लागि मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको बैठकलाई आज प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संसदको यो अधिवेशन कुनै पनि विधेयक प्रस्तुत तथा छलफल नभइ अन्त्य हुने भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*