१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

राष्ट्रपति भण्डारी चीन प्रस्थान

११, बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (आज) चीन प्रस्थान गरेकी छन् ।
अप्रिल २५ देखि बेइजिङमा हुन लागेको बेल््ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारलाई प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर बिदाई गरे ।
चीनले राष्ट्रपति भण्डारीलाई बेइजिङमा भव्य स्वागत गर्ने तयारी गरेको बताईएको छ । यस अघि नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव दुई पटक चीन भ्रमणमा गएका थिए ।
नेपाल सहित १८ राष्ट्र सहभागि हुँदै गरेको उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले बीआरआईलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ चीनले ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ ।
गत भदौमा नेपाल र चीन बिचको सम्झौताको प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने आयात गर्न सक्नेछ ।
बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्ने र वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*