४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

रामचन्द्र पौडेलसंग प्रचण्ड र नेपालको गुनासो – कांग्रेसले ओलीलाई सहयोग नगरोस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रचण्ड र नेपालले पौडेलसँग भेटेका हुन् ।

भेटमा प्रचण्ड र नेपालले प्रधानमन्त्री केपी ओलीले हठात् अध्यादेश ल्याएर संवैधानिक परिषद् बैठक बोलाउनुको पछि कांग्रेस सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएका थिए । उनीहरूले भनेका थिए, ‘प्रधानमन्त्रीले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा देउवाजीको भूमिका शंकास्पद छ, हामी पार्टी फुटबाट जोगाउन लागेका छौँ, तपाईंले देउवाजीलाई रोकिदिनुस् ।’

स्रोतका अनुसार प्रचण्ड र नेपालले पार्टीभित्र ओलीले जुनसुकै वेला दुर्घटना निम्त्याउन सक्ने भन्दै त्यसपछिको राजनीतिक समीकरणका विषयमा समेत पौडेलको धारणा जान्न चाहेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*