१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

राप्रपाका सांसद लिङ्देन गम्भिर बिरामी, सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देन बिरामी परेका छन् । उनको गृह जिल्ला झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचार भईरहेको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको विएण्डसी अस्पताल भर्ना भएका लिङ्देनलाई निमोनिया भएको पाइएको छ । उनलाई हाल अक्सिजन दिएर राखिएको गिरीले बताए । बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ ।

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याउन लागिएको परिवारले जनाएको छ । झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिंदेनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*