७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

राजनीतिक दल सम्वन्धी अध्यादेश जारी संगै एमाले र जसपा पार्टी विभाजन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छन् ।
(आज) बुधबार आयोगमा दर्ता गराईएको पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । पार्टीको चुनाव चिन्ह खुला किताब हुने एक नेताले बताए ।
एमालेमा संस्थापन केपी ओली पक्ष संग असहमती राख्दै आएको नेपाल समुहले नयाँ पार्टी दर्ता गरे संगै नेकपा एमाले पुर्ण रुपमा बिभाजित भएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका बताएका छन् ।
बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन लिएर पुगेका ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ ।
ठाकुरले गठन गरेको पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको बताईएको छ ।
आजै राष्ट्रपतिद्वारा राजनीतिक दल सम्वन्धी अध्यादेश स्वीकृत गरे संगै एमाले र जसपा विभाजन हुदैं नयाँ दल दर्ता प्रक्रियामा गएका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*