११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, नेपाल र ठाकुर समुहलाई पार्टी फुटाउन सहज

मंगलबार मन्त्री परिषदद्वारा राष्ट्रपति समक्ष सिफारीस राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (आज) बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।
जारी अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्ने वातावरण बनेको छ ।
यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न सक्ने प्रावधान रहेको थियो ।
नयाँ दल दर्ता गर्ने गृहकार्यमा जुटेका एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहलाई यो अध्यादेशले थप सजिलो बनाई दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*