१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

रसुवामा वन्यजन्तु सप्ताह सुरु, भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने

२, बैशाख, रसुवा । बिगतका बर्ष झै यस बर्ष पनि रसुवामा २४ औँ वन्यजन्तु सप्ताह तथा गाउँपालिका भ्रमण वर्ष सुरु भएको छ ।
वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने मुल नारासमथ वैशाख १ गते देखि मनाउने वन्यजन्तु सप्ताह र भ्रमण वर्ष एक साता अर्थात बैशाख ७ गते सम्पन्न हुनेछ ।
सप्ताहमा त्यस क्षेत्रममा पाईने बिभिन्न वन्यजन्तु संरक्षण तथा पर्यटन प्रवद्र्घनका कार्यक्रम संञ्चालन गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने कार्यक्रमलाई सहयोग पु¥याउने खुख्य उद्देश्यले कार्यक्रम तय गरिएको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिईन् ।


एक साता भरि निकुञ्जमा पाइने चराको अवलोकन, रेडपान्डा ट्रफी भलिबल तथा ब्याडमिन्टन र वक्तृत्वकला प्रतियोगिता, पर्यटकीय स्थलको भ्रमण, पर्यटन विकास तथा प्रवद्र्घनसम्बन्धी अन्तक्र्रिया स्थानीय कला एवं संस्कृति सम्बन्धी विभिन्न प्रतियोगिता आयोजना गरिएको छ । त्यस अवसरमा आगलागी नियन्त्रण तथा पहिरोबाट बच्न जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएका छन् ।


कार्यक्रम लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*