७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

युवा तथा साना व्यवसायी सोरोजगार कोषको सहुलियत कर्जाबाट स्वरोजगार भए पर्साका उदय

पर्सा जिल्लाका उदय किसोर साहलाई आफ्नो तरकारी खेति अझै बढाउने मन छ । साह भन्छन् तरकारी खेति बढाउन थप ऋण चाहिएको छ ।
अहिले गर्दै आएको खेतिलाई अझ बढाएर आफ्नो क्षेत्रका नागरिकलाई पुग्ने गरी प्रसस्त तरकारी फलाउने मन छ रे उनको । साहलाई हाल थप ३ लाख जति ऋण भए आफ्नो तरकारी खेति थप बढाउन मद्दत पुग्ने भनाई राख्छन् ।
अहिले साहको पर्सा जिल्लामा १० कठ्ठा जमिनमा तरकारी खेति छ । तरकारी खेतिबाट नै साहले आफ्नो जिविका चलाई रहेको भन्छन् । “राम्रै आम्दानी छ” । “यसै बाट जहान केटाकेटी पालन पोषण पढाईलेखाई सवै पुगेको छ” उनि भन्छन् । सवै घरखर्च चलाएर कहिले काही बचत पनि हुने साहको भनाई छ ।
२०७५ साल जेष्ठमा साहले स्थानीय जनहित बतचत तथा ऋण सहकारी संस्था लि.बाट रु. एक लाख ५० हजार कर्जा लिएका थिए ।
उदयको आफ्नै गाउँघरमै केहि गर्ने इच्क्षा थियो । सस्तो व्याजमा सहुलितय कर्जा पाए कुनै व्यवसाय गर्ने मनस्थितीमा रहेका उनि ऋणको खोजिमा थिए । सुनमा सुगंध भने झै उदयको इच्क्षालाई युवा तथा साना व्यवसायी स्वारोजगार कोषको सहुलियत ऋणले पुरा गरिदियो ।
गाउँमा बेरोजगार बसिरहेका साहले जनहित बतचत तथा ऋण सहकारी संस्था लि.बाट लिएको ऋणले तरकारी खेति सुरु गरेका हुन् ।


युवा तथा साना व्यवसायी सोरोजगार कोषले नेपालका बिभिन्न जिल्लामा बेरोजगार रहेका नागरिकलाई मध्यनजर गर्दै व्यापार व्यवसाय गरी स्वरोजगार बनाउन थालेको अभियान अन्तरगत साहले पनि कर्जा पाउन सफल भएका हुन् । त्यहि कर्जाबाट उदय अहिले स्वरोजगार भएका छन् ।
उदयको तरकारी बारीमा घिरौला, करेला, काउली, खुर्सानी, टमाटर, भिन्डी, लौका तथा बेमौषमी तरकारी लटरमै फलेका भेटिन्छन् ।
सिजन बाहेकका समय पनि तरकारी खेति गर्ने साहको चाहाना थियो । अहिले त्यो चाहाना कोषको सहुलित ऋणले साकार बनाउन सघाउ पुर्याएको छ उनलाई ।
उदयले फलाएको तरकारी प्राय स्थानीय गाउँ घरमै धेरै खपत हुन्छ रे । कहिले काही अलि धेरै भए नजिकैको शहर बिरगंज पनि वेच्न लैजाने गरेको उनको भनाई छ ।
उदयको परिवार ५ जनाको छ । परिवारले पनि तरकारी खेतिमा सघाउदै आएको उदय बताउँछन् । त्यहिबाट भएको आम्दानीले उदयले छोरा छोरी नजिकैको बिद्यालयमा पढाउँदै पनि आएका छन् ।
युवा तथा साना व्यवसायी स्वारोजगार कोषका पर्सा सहजकर्ता सुनिल कुमार रौनियार पनि उदयको तरकारी खेति राम्रो रहेको प्रतिकृया दिन्छन् ।
गाउँमा बेरोजगार रहेका उदय अहिले स्वरोगजगार भएका छन् । राम्रै आम्दानी हुने गरेको आफुले थाहा पाएको रौनियार बताउँछन् ।
पर्सामा युवा तथा साना व्यवासायी सोरोजगार कोषको यो स्वरोजगार बनाउने अभियान प्रभावकारी र सफल रहेको समेत सहजकर्ता रौनियारको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*