६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

यि कुराहरुको महसुस हुन्छ भने बुझनुस् तपाईलाई थाइराइड भएको छ

मानिसको शरिर कस्तो अवस्थामा छ भन्ने कुराको थाहा पाउनलाई नियमित मेडिकल चेकअप र ल्याब टेस्ट गराउनु पर्छ । तर रोग लागेर थला नपरे सम्म चुप्प लागेर बस्ने आम नेपालीहरुको बानी छ । पछिल्लो समयको तात्थ्याङ्क अनुसार नेपालीहरुको परिवर्तित जिवन शैलिका कारण ठुला र दिर्घ रोगी भैरहेका छन् । तिनै ठुलो रोग मध्यको एउटा हो थाइराइड पनि ।
तर आजकाल थाइराइड सामान्य रुपमा लिन थालि सकिएको छ । थाइराइडलाई गम्भिर भएर नियन्त्रण गरिएन भने यसले हाम्रो शरिरलाई ठुलो हानि पु¥याउन्छ ।
विभिन्न अनुसन्धानका अनुसार अहिल दस जना मानिस मध्य एक जनालाई थाइराइडको समस्या देखिएको छ ।

थाइराइड के हो ?
थाइराइड हाम्रो शरिरको एउटा ग्रन्थी हो जुन हाम्रो घाँटीको तल्लो भागमा हुन्छ । यो ग्रन्थीले हर्मोनहरु बनाउने काम गर्दछ । जुन हर्मोनले हाम्रो शरिरमा धेरै महत्वपुर्ण काम गर्दछ । जस्तै पाचन प्रणलीलाई कन्ट्रोल गर्ने, अर्थात यो हर्मोनले कुनै न कुनै रुपमा हाम्रो शरिरको सबै अंगहरुलाई प्रभावित पार्दछ । त्यसैले गर्दा यो हर्मोन हाम्रो शरिरको लागि धेरैै नै महत्वपुर्ण छ ।
थाइराइड ग्रन्थीले दुई प्रकारको हर्मोन उत्पादन गर्दछ एउटा हो T3 अर्थात ट्राइआयोडो थाइरोनिन र अर्को हो T4 अर्थात थाइरोक्सीन । जब यि दुई वटा हर्मोनहरुको ब्यालेन्स बिग्रन्छ र थाइराइड ग्रन्थीले सहि तरिकाले यि हर्मोन उत्पादन गर्न सक्दैन भने त्यो अबस्थालाई थाइराइड भनिन्छ ।
थाइराइड दुई प्रकारका हुन्छन् एउटा हो (Hyperthyroidism) हाईपरथाईराइडिजम यो अवस्थामा थाइराइड ग्रन्थीले चाहिने भन्दा ज्यादा हर्मोन उत्पादन गर्दछ । र अर्को हो (Hypothyroidism) हाइपोथाइराइडिजम यो अवस्थामा थाइराइड ग्रन्थीले चाहिने भन्दा कम हर्मोन उत्पादन गर्दछ ।

थाइराइडका लक्षणहरु :
थाइराइड हुदा शरिरको रोग प्रतिरोधक शक्तिमा कमी आउछ र रुघा खोकि लागि रहन्छ । तर अरु बेला जस्तो सामान्य रुपमा एक हप्तामा रुघा खोकी निको हुदैन । लागे पछि निको हुन गारो हुन्छ । थाइराइड हुँदा घाटीमा दुख्ने, विजाउने, सुनिन्ने र अप्ठेरो भएको महसुस भइरहन्छ । तपाईले थोरै काम गर्दा पनि धेरै थकानको महसुस हुन्छ, बसेपछि उठ्ने गारो हुन्छ भने तपाईलाई थाइराइड भएको हुन सक्छ ।
व्यक्ति डिप्रेसनको शिकार हुन सक्छ, धेरै चिन्तामा डुब्ने हुन्छ, स्मरण शक्तिमा कमि आउछ र विर्सीरहन्छ । शरिरमा क्यालसीयमको कमि भई हाड जोर्नीमा धेरै समस्या हुन थाल्छ ।
थाइराइड हुदा धेरै निन्द्रा लागिरहन्छ र दिउँसो पनि सुतिरहन मन लाग्छ । खाएको खाना अपच हुने खान मन नलाग्ने र कब्जीयतको समस्या धेरै हुन्छ ।
थाइराइड हुदा कपाल धेरै झर्न थाल्छ, महिलाहरुमा महिनावारी अनियमित हुन थाल्छ, थोरै खाना खादा पनि अनावश्यक मोटो पन बडेर जान्छ र व्यालेन्स डाइट खादा पनि कोलस्ट्रोल लेभल बडेर जान्छ भने तपाईलाई थाइराइड भएको हुन सक्छ । यस्ता लक्षणहरु देखिदै छन भने तुरुन्त थाइराइड जाँच गराउनु पर्छ ।

थाइराइड हुने कारणहरु :
थाइराइड हुने कारणहरु धेरै हुन सक्छन् । ति मध्य मुख्य कारण भनेको आजकालको अत्याधिक व्यस्त र तनावपुर्ण जिवनशैलिको कारणले थाइराइड हुन सक्छ ।
भटमास र भटमास वाट बनेको परिकार ज्यादा खानाले पनि तपाईलाई थाइराइड हुन सक्छ । शरिरमा आयोडिनको मात्रा कमि वा धेरै हुनाले पनि थाइराइडको समस्या देखिन थाल्छ । ज्यादा टेन्सन लिने बानिले अर्थात जति बेला पनि नकारात्मक सोच लिएर चिन्ता गर्ने सोभाव तपाईको छ भने तपाईमा पनि थाइराइड देखिन सक्छ ।
केहि औषधिहरुको प्रयोग गर्दा हुने साइडइफेक्टको कारणले पनि थाइराइड हुन सक्छ । महिलाहरुमा गर्वअवस्थामा हुने धेरै शारिक र हर्मोन परिवर्तनको कारणले पनि थाइराइड देखिन सक्छ ।
यो रोग बशांणुगत कारणले (परिवारमा कसैलाई थाइराइड छ भने पनि यो रोग लाग्न सक्छ) ।

थाइराइडका बिरामीले नखाने चिजहरु :
 तेलमा तारेको र धेरै मसालेदार खानेकुराहरु न खाने ।
 मासु सकेसम्म नखाने, सकिएन भने थोरै थोरै गरेर खाने ।
 बजारमा पेकिङ गरेको वा रेडिमेड खाना नखाने ।
 जाँड रक्सी नखाने, धेरै गुलियो चिजहरु नखाने धेरै कफी पनि न पिउने ।
 बन्दागोबि, काउलीको तरकारी धेरै नखाने ।
 भटमास र भटमास बाट बनेको परिकार नखाने ।

थाइराइड बिरामीले ध्यान दिनुपर्ने खाने कुराहरु :
 हरेक दिन बदाम र ओखर खादा धेरै फाइदा दिन्छ ।
 दिनमा ३ देखि ४ लिटर पानि पिउने ।
 खानामा आयोडिन युक्त नुन मात्र प्रयोग गर्ने ।
 खानामा हरियो सागसब्जी र सलादको मात्रालाई बढाउने ।
 हरेक दिन बिहान खालिपेटमा १ गिलास लौकाको जुसमा तुलसिको पत्ता हालेर पिउने ।
 दिनमा तिन पटक सम्म अदुवाको चियामा मह हालेर पिउने ।
 दैनिक रुपमा ३० मिनेट देखि १ घण्टा योगा र प्रणायम गर्ने ।
 बर्षमा १ पटक अनिवार्य रगत जाँच गराउने

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*