७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

यात्रु सुरक्षालाई मध्यनजर गरि सडकमा चिह्न लगाइने

१०, चैत, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सडकमा यात्रु सुरक्षालाई मध्यनजर गरि बिभिन्न चिह्न लगाईने भएको छ । सडक विभागले जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको जनाएको छ ।
बिभागले चक्रपथलगायत काठमाडाँैका बिभिन्न स्थानका मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताए । सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरि कार्य अगाडी बढाउन लागिएको समेत श्रेष्ठले जानकारी दिए ।
नयाँ विस्तार भएका सडकसँगै पुराना सडकमा चिह्न मेटिएका ठाउँमा नयाँ चिह्न लगाउन लागिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*