३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

यसकारण गरियो रोनाल्डोलाई साउदीमा भव्य स्वागत

विश्व फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आउदी अरवमा भव्य स्वागत गरिएको छ ।
साउदीको अल नासर क्लबले मंगलबार त्यहाँको घरेलु रंगशाला “मरसूल पार्क स्टेडियम” मा एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत गरेको हो ।
फुटबलका स्टार रोनाल्डो अरेबियन अल नासर क्लबमा सन् २०२५ सम्मका लागि अनुबन्ध भएपछि उनलाई त्यहाँ भव्य स्वागत गरिएको होे ।
पोर्चुगलका ३७ बर्षिय रोनाल्डो झकिझकाउ सहितको झण्डै २५ हजार दर्शकले खचाखच भरिएको स्टेडियममा प्रबेश गर्दा अतिसबाजी गरिएको थियो ।
अल नासर क्लबमा रोनाल्डो अनुबन्धीत भए बापत उनले प्रत्येक वर्ष उक्त क्लबबाट १७ करोड ७० लाख पाउन्ड (झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक पाउने बताईएको छ । यो पारिश्रमिक रकम विश्व फुटबल इतिहासको सवै भन्दा धेरै हो ।
स्वदेश तथा विदेशका थुप्रै क्लबहरुले आफुलाई प्रस्ताव गरे पनि अल नासर क्लब संग आफुले गरेको बाचा अनुसार आफु त्यस क्लबमा अनुबन्धीत भएको रोनाल्डोले बताएका छन् ।
त्यस स्वागत कार्यक्रममा रोनाल्डोको प्रेमिका जोर्जिना रोड्रिगेज र छोराछोरी समेत उपस्थित रहेको त्यहाँका संचार माध्यमहरुले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*