४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

यमनको विमानस्थलमा बम विस्फोट २२ जनाको मृत्यु

यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको  छ भने ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

मृत्यु हुनेहरु अधिकांश सरकारी अधिकारी र कर्मचारीहरू रहेको बीबीसीमा उल्लेख छ।  उक्त जहाजले  साउदी अरबबाट नयाँ सरकारका सदस्यहरूलाई लिएर आएको थियो।

जहाज अवतरण हुनासाथ विमानस्थलमा ठूलो विस्फोट भएको थियो। बुधबार भएको हमलाको एक भिडियो सार्वजनिक भएको छ, जहाँ हमला भएको स्पष्ट देखिएको छ।

मन्त्रीपरिषद्का नवनियुक्त सदस्यहरूलाई स्वागत गर्न विमानस्थलमा धेरै मानिसहरू उपस्थित भएका थिए। त्यहाँका सूचनामन्त्रीले यो हमलाको जिम्मेवार हुथी विद्रोही समूह रहेको बताएका छन्। हुथी विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ। 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*