१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

मुस्ताङमा हिमपातका कारण सैयौं पशु चौपाया मरे

२७, फाल्गुन, मुस्ताङ् । केहि साता यता हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपातका कारण
सैयौं भेडाच्याङ्ग्रा तथा चौँरीगाई मरेका छन् ।
चरण क्षेत्रमा बाक्लो हिमपात परेपछी आहारा खान नपाएर तथा हिउँले पुरिएर चौपाया मरेका हुन । चरण क्षेत्रको अभाव संगै हिउँ चितुवाको आक्रमणमा परेर समेत सैयौं भेडाच्याङ्ग्रा तथा चौरी गाई मरेको स्थानियले गुनासो गरेका छन् । मुस्ताङ लगायत पहाडी क्षेत्रका बासिन्दाको आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि त्यस क्षेत्रका कृषक मारमा परेका छन् ।
मुस्ताङ लिल्ला लगायतका पहाडी लेकका बिभिन्न स्थानमा सैयौं भेडाच्याङ्ग्रा त्यतिकै सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले मुस्ताङले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० वटा भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्याङ्ग्रा मरेको पिडितले बताएका छन् ।
बस्ति वरपर बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले गुनासो गरिन । स्थानिय कृषकका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । मुस्ताङ लागयत पाहाडी क्षेत्रमा माघ दोस्रो सातादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो ।
स्थानिय सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्र्पक विच्छेद भएको प्रहरीले जनाएको छ । अहिले जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधि तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण सङ्कलन कार्य शुरु गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*