७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि बाँडफाँड हुने

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो । जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिए भन्दा झण्डैं ६३ गुणाले नै बढी हो ।

माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँडमा ६३ प्रतिशत बढी आवेदककै हात खालि हुने देखिन्छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*