१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन

कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने छ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्।  सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ।

यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए। त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए।

मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो। लुटपाट समेत बढेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*