६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

मर्यादा विपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादा विपरीत काम गर्ने जोकोहीलाई पनि सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् ।
सोमबार मोरङमा पत्रकारहरु संग कुरा गर्दै मन्त्री श्रेष्ठले कानुन भन्दा माथि कोही नभएकोले सरकार कानुन कार्यान्वयमा कडाईका साथ लागेको बताए ।
सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउँदै गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको बताए ।
सरकारले जनतालाई शान्ति सुरक्षा र सुशासनको आभाष हुने गरी काम गरेको भन्दै सुन तस्कर जस्ता कृयाकलापको उच्च स्तरको आयोग बनाएर छानविन गर्ने पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*