७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

मन्थलीमा भएको जीप दुर्घटनामा ३ को मृत्यु एक घाईते

रामेछापको मन्थलीमा भएको जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
मन्थली नगरपालिका वडा न. ६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा दुई पुरुष सहित एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि एक बालक घाइते भएका छन् ।
मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेको प्रहरीले जनाएको छ ।
प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहान काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको थियो ।
जीप मन्थली सडकखण्डको हात्तीटार भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते भएका लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं पठाईएको छ ।
साँघुरो सडकको घुम्तीमा तिव्र गतिमा आएको जीप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*