१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

मन्टेश्वरीका बालबालिका संग अभिभाबकले सिक्दै

काठमाडौं । शनिवारको दिन । म त्यहाँ पुग्दा दिउँसोको भण्डै १२ बजेको थियो ।
संखमुल निवासी ३१ बर्षिय उज्वल आचार्यलाई उनकी ३ बर्षिया छोरीले भित्तामा टाँसीएका चित्र र टेबुलमा राखिएका केहि खेलौना आंैलाले देखाउँदै बाबा यसको नाम टाईगर हो । यो जंगलमा बस्छ ।

हात तानेर देखाउँदै बाबा यसरी जिवनजल बनाउनु पर्छ, अनि पखाला लागेको बेला खानु पर्छ भनेर सिकाउँदै थिईन् उज्वललाई । छोरीले आफुलाई सिकाएको देख्दा उज्वल मुसुमुसु हाँस्दै स्कूलबाट दिईएको पाना हेर्दै टिक लगाउँदै थिए । छोरीले स्कूलमा खेल्दै, छुदैं, सुन्दै सिकेको कुरा आफुलाई सिकाउँदा उनि दंग थिए ।
घोकन्ते बिद्याबाट आएको पुरानो आफ्नो शिक्षा भन्दा छोरीले खेल्दै सिक्दै गरेको यो शिक्षा प्रणाली उज्वललाई राम्रो लाग्छ रे ।

रामेछाप घर भएकी गीता रोकाको काठमाडौमा फर्निचर पसल छ । दुई वटा बच्चाकी आमा गीतालाई पसल र बच्चाको रेखदेख गर्दा अप्ठेरो थियो । नजिकैको प्रि प्राईमेरी स्कूलमा पहिलो बच्चालाई भ्रर्ना गरीदिने निर्णय गरिन् । भ्रर्ना पनि गरिन् ।
उनले पढेको शैली भन्दा बिल्कुलै बेग्लै शैलीमा ठुलो छोराले स्कूलमा जानेको कुरा भन्दा खुसि व्यक्त गर्छिन् । गीताको छोराले गीत गाउँदै स्कूमा सिकेका सवै कुरा भन्छ रे ।
रेन्बो किडस् इन्टरनेश्नल स्कूल बुद्धनगरले शनिवार आयोजना गरेको थिम इक्जिबेशनमा छोराले त तान्दै भान्छामा प्रयोग हुने भाँडाकुडा सामानका बारेमा गीतालाई सिकायो । उनले घरमा छोरालाई कैहिल्यै सिकाएकी थिईनन् यस्ता कुरा । कागजमा टिक लगाउन्दै गीताले आफुलाई स्कूलले पढाउने र सिकाउने यो शैली अत्यन्त मन परेको बताईन् ।
बुद्धनर स्थित रेन्बो किडस् इन्टरनेश्नल स्कूलले बिगत ३ बर्ष यता बर्षमा एक पटक बिद्यार्थीले स्कूलमा सिकेका कुरालाई आफ्ना अभिभावकलाई देखाउने र सिकाउने उदेश्यले Student Lead Conference (SLC) को आयोजना गर्दै आएको छ । जस मध्य शनिवार आयोजित उक्त कन्फ्रेन्सलाई थिम इक्जिवेशन २०७६ नाम दिईएको थियो ।
पछिल्लो समय नेपालमा बिद्यार्थीलाई खेलाउँदै, पढाउने शैलीको बिकास हुन थालेको छ । घोकन्ते र बिद्यार्थीलाई डर त्रासले पढाउनु भन्दा खेलाउँदै सिकाउने शैली धेरै उत्कृठ भएको बिद्यालयकी प्रिन्सीपल प्रनिता श्रेष्ठ बताउँछिन् । उनि भन्छिन् बिद्यालयमा बालबालिकालाई सिकाईन्छ तर सिकायको कुरा बालबालिकाले स्वयं अभिभाबकलाई भन्दा बच्चाले के सिक्यो भन्ने र आफ्नो बच्चा कस्तो स्थितिमा छ भन्ने अभिभाबकलाई थाहा हुने भएकोले आफुहरुले हरेक बर्ष यस्तो थिम इक्जिवेशन गर्ने गरेको बताईन् ।
श्रेष्ठ भन्छिन् आफुहरुले दिने ज्ञानको शैली अन्य स्कूलहरुको भन्दा फरक रहेकोले अभिभाबकले रेन्बो किडस् इन्टरनेश्नल स्कूललाई मनपराएका छन् ।
योग, भजन, आदरसत्कार, संस्कार, बिहान् उठे देखि बेलुका सुत्दा सम्म अपनाउनु पर्ने र गर्नु पर्ने नित्य कर्मका बारेमा समेत सिकाउने हुँदा बालबालिका स्कूलमा भ्रर्ना भए देखि अनुशासित हुन सुरु गर्ने गरेको प्रिन्सीपल श्रेष्ठको भनाई छ ।


यो Student Lead Conference (SLC) बच्चाले सिकेको वा नसिकेको भन्ने अभिभाबकलाई जानकारी हुने भएकोले यो Conference खुल्ला जाँच रहेको प्रिन्सीपल श्रेष्ठको तर्क छ ।
रेन्बो किडस् इन्टरनेश्नल स्कूल बुद्धनगरमा अहिले झण्डै सात बर्ष सम्मका एक सय बालबालिका पढ्दै आएका छन् । व्यवस्थापनको चुनौती पनि उत्तिकै रहेको स्कूल व्यवस्थापक रजनी भौकाजि बताउँछिन् । उनि भन्छिन् ३० जना स्टाप छन् । साना बालबालिकाको सिकाईमा कमि हुन नदिन हामिहरु सधै सचेत छौं, कुनै चिजको कमि हुन दिएका छैनौं उनको भनाई छ ।
अभिभाबकबाट बच्चालाई जिम्मा लिनु सजिलो नरहे पनि बालबालिकाको मनोबृद्धी र बिकासमा स्कूल सधै अगाडी रहेको र रहने भौकाजि प्रतिबद्धता व्यक्त गर्छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*