११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

मनमोहनमै पुगेर देउवाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी लिए

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले बुधवार बिहान महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी प्रधानमन्त्री ओलीको स्वाथ्यबारे जानकारी लिएका हुन् ।
अस्पताल पुगेका देउवालाई अस्पलातका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य आज सुधार रहेको जानकारी दिएको अस्पताल स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको सफलता पुर्वक शल्यक्रिया गरिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*