७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

मधेशमा ठूलो आन्दोलन गर्नु पर्ने जरुरी : उपेन्द्र यादव

जलेश्वर । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लागि एक पटक ठूलो र अन्तिम आन्दोलनको जरुरी रहेको बताएका छन् ।
महोत्तरीको जलेश्वरमा युवा संघको जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएकोले ठुलो र अन्तिम आन्दोलनको जरुरत रहेको बताएका हुन् ।
बर्तमान सरकाले मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिको आन्दोलनमा होमिन सम्पुर्ण मधेशीलाई तैयार रहन आग्रह गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफ्नो पार्टीले सरकार छाडेको स्पष्ट पारे ।
मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहेको र गरिरहने बताउँदै अब आफुहरुले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिए । उनले भने र्”अव पूर्ण रुपमा मधेशीहरुको अधिकार प्राप्त नहुन्जेलसम्म संर्घसका कार्यक्रम निरन्तर चलिरहन्छ” ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*