७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

मंसिर १५ देखि इजलास गठन र मुद्दाको पेशी गोला प्रक्रियामा

सर्वोेच्च अदालतमा प्रधानन्यायाधीशकोे तजबिजमा इजलास गठन र  मुद्दाको पेशी तोक्ने प्रकृया हटेको छ ।
न्यायाधीशहरुको बिहिबार (आज) बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते देखि गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरे संगै प्रधानन्यायाधीशले इजलास तोक्ने प्रकृया हटेको हो ।
सर्वोच्च अदालतको दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार गोला प्रक्रियाबाट इजलास तोक्ने समय निधारण भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जनकारी दिए ।
संशोधित नियमावली राजपत्रका प्रकाशित भइसकेको छ ।
सर्वोच्चको आजको फुलकोर्ट बैठकमा १८ जना न्यायाधीशहरु सहभागी थिए । प्रधानन्यायाधीश चोलेन्द्र शंशेर जवरा भने बैठकमा उपस्थित थिएनन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*