१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

मंगलबार देखि उपत्यकामा सार्वजनिक सवारी चलाउन पाईने

काठमाडौं उपत्यकामा मंगलबार देखि सार्वजनिक सवारी साधन चल्ने भएका छन् ।
आज बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउन दिने निर्णय गरेको हो ।
जोर बिजोर अनुसार चलाउन पाईने सार्वजनिक सवारी साधन हरुले बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म मात्र गाडी चलाउन पाउने छन् ।
निरन्तर उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या घटे संगै प्रशासनले निशेधाज्ञालाई बिस्तारै खुकुलो पार्दै लगेको छ । खुकुलो पार्दे पुन एक साताका लागि निशेधाज्ञा थप पनि गरिएको छ ।
सार्वजनिक सवारी साधन चलाउँदा तथा यात्रा गर्दा गाडि र यात्रुले सुरक्षाका मापदण्ड भने अनिवार्य अपनाउनु पर्ने छ ।
जोर बिजोर प्रणली अनुसार सार्वजनिक गाडी चले यात्रुलाई केहि सहज हुने यात्रुले बताएका छन् ।
तर लामो दूरीका सार्वजनिक सवारी साधन भने अझै चलाउन पाईने छैन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*