१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा : देउवाद्वारा छानबिन गरि दोषीलाई कारबाही गर्न सरकार संग माग

आफुहरुमाथि आक्रमण भएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन गरेको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति स्वास्थ्य कर्मीमाथि जाईलागेका थिए ।
कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुव्र्यवहार भएपछि भेरी अस्पतालमा तनाव तनाबग्रस्त बनेको प्रत्यक्षदर्शीले बताएकाछन् । ।

कोभिडबाट गम्भिर अवस्थाका रावतलाई चिकित्सकले भेन्टिलेटरमा राखेका उपचार गर्दा मृत्यु भएको भएपनि रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेका कारण मृत्यु भएको भन्दै दुव्र्यवहारमा उत्रिएका थिए ।

घटना छानबिन गर्न स्थानीय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यसै बिच भेरी अस्पतालमा चिकित्सक माथि भएको दुव्र्यवहारको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिरोध गरेका छन् । यस्तो संकटको बेला दिन रात बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मी माथि दुव्र्यवहार हुनु दुःखत कुरा रहेको बताएकाछन् ।
प्रमुख प्रतिपक्षीदलका नेता समेत रहेका देउवाले घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथि कारबाहि गर्न सरकार संग माग समेत गरेकाछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*