६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

भारतिय प्रधानमन्त्री मोदीले नेपाललाई कोरोना बिरुद्धको खोप दिने विश्वास दिलाए

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप चाँडै उपलव्ध गराउने विश्वास दिलाएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमा बधाई दिदै भारतिय प्रधानमन्त्री मोदीले यस्तो बिश्वास दिलाएको परराष्ट्र मन्त्रालायले जनाएको छ ।
टेलिफोन वार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा सहकार्य गर्ने विषयमा कुरा भएको मोदीले आफ्नो ट्वीटमा समेत उल्लेख गरेका छन् ।
फोन बार्तामा दुई प्रधानमन्त्री बिच दुई मुलुकको आपसी हित र समझदारीका बारेमा समेत कुरा भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*