१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

भागरथी हत्याका आरोपी सार्वजनिक

प्रहरीले बैतडीकी चेली भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने ।

१६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*