५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालकालागि रेनु दाहालको पुनः इन्ट्रि

पाँचदलिय गठबन्धनको तर्फवाट उमेदवार बनेकी रेनु दाहाल भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालकालागि मेयर पदमा निर्वाचित भएकी छन् ।
बैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रतिसप्रधी एमालेका उमेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्दै रेनु मेयरमा विजयी भएकी हुन् ।
पाँच दलिय गठवन्धन अन्र्तगत नेकपा माओवादी केन्द्रबाट मेयरमा उमेदवार बनेकी दाहालले कुल ५२ हजार ३० मत प्राप्त गरेकी छन् । उनको प्रतिसप्रधी एमाले विजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन् ।
मेयरका अर्का प्रतिसप्रधी नेपाली काँग्रेसका वागी उमेदवार जगन्नथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले प्रतिसप्रधी राप्रपाकी उमेदवार हिमला गुरुङलाई २२ हजार १९१ मतले पछि पार्दै उपमेयरमा विजयी भएका हुन् ।
काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मत ल्याएका छन् भने राप्रपाकी गुरुङले ३० हजार ६१२ मत ल्याएकी छन् ।
कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा काँग्रेसले १६, नेकपा एमालेले ६ वटा, माओवादी केन्द र एकिकृत समाजवादीले ३–३ वटा वडामा विजयी प्राप्त गरेका छन् भने एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*