१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

भन्सार छली गरी ल्याउँदै गरेको भण्डै ६० लाख बराबरको लत्ताकपडा बरामद

झापा । भन्सार छली गरेर ल्याउँदै गरेको सामान प्रहरीले मेचीनगर नगरपालिका १२ बाट बरामद गरेको छ ।
मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा लुकाइछिपाई ल्याउँदै गरेको कपडा लगाएतका विभिन्न सामानहरु बिहीबार बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरीएको सामानको मुल्य झण्डै ६० लाख रुपैयाँ बराबरको रहेकोे आँकलन गरीएको छ ।
प्रहरीको विशेष सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरीको टोलिले धाईजन स्थित सडकमा चेकजाँचका क्रममा साडी, ब्लाउज, कृर्तासलवार, ढाका कपडा लगायतका फेन्सी सामान भन्सार छली गरी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
गाडी चालक सहिका सामान क्षेत्रीय राजश्व कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय अवैध सामान आयात तथा चोरि निकासी रोक्न सिमा क्षेत्रमा प्रहरीले बिशेष निगरानी राख्दै आएको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*