१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बैंकमा भिड भाड, संक्रमणको जोखिम बढ्दो

काठमाडौं । कोभिड–१९को संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न जारी निषेधाज्ञाको समयमा बैंकहरुमा बढी भिड भाड बढेको छ ।
काठमाडौंका बैंकहरुले स्थान र पालो अनुसार आफ्ना निश्चित शाखाहरु मात्र सञ्चालनमा ल्याएकोले ति शाखाहरुमा सेवा ग्राहीहरुको भिड बढेको हो ।


संक्रमणको जोखिम र निषेधाज्ञालाई मध्यनजर गर्दै बैंकहरुले आफ्ना सवै शाखा नखोलेकाले टाढाबाट आएर भए पनि सेवा लिन परेको सेवाग्राहीहरुको गुनासो छ ।
प्रशासनले घरबाट बाहिर ननिस्कन निषेधाज्ञा जारी गरे पनि बाध्यताबस लामो समय सम्म लाईनमा कुरेर भए पनि सेवा लिईरहेको उनिहरुको भनाई छ ।
यसरी धेरै बेर लाईनमा बस्नु पर्दा भिड धेरै हुने भएकाले झनै संक्रमणको जोखिम बढेको भन्दै यस प्रति बैंकहरुले ध्यन पुर्याउन जरुरी रहेको सेवाग्राही बताउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*