१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बेलुका ८ बजे देखि सार्वजनिक सवारी साधन चलाउन लागाईएको रोक हट्यो

कोरोना संक्रमण घटेसंगै बेलुका ८ बजे देखि सार्वजनिक सवारी साधन चलाउन लगाईएको रोक हटाईएको छ ।
काठमाडौं उपत्यकाको तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको (आज) मंगलबार बसेको बैठकले बुधबार बेलुका देखि सार्वजनिक सवारी साधान चलाउने दिईने निर्णय गरको हो ।
यस अघि कोरोना संक्रमण बढेको भन्दै बैठकले अत्यावश्यक र अनुमति लिएका बाहेकका सार्वजनिक सावारी साधनलाई बेलुका ८ बजे देखि चलाउन नपाईने निर्णय गरेको थियो ।
त्यस्तै बैठकले आजै बेलुका देखि सकिन लागेको निषेधाज्ञा भने भदौं १६ गते सम्मलाई थपेको छ ।
थपिएको निषेधाज्ञामा पुरानै नियमलाई निरन्तरता दिईएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*