४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

बामदेव गौतम सांसद बन्दै, संबिधान संसोधन गराएरै भए पनि प्रधानमन्त्री बन्ने दाउँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेब गौतम राष्ट्रिय सभाका सांसद बन्दैछन् । बुधबार बसेको नेकपाको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय गरे संगै उनि सांसद वन्ने करिव पक्का जस्तै बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यहि फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिए पछि उक्त स्थानमा गौतमलाई सरकारले सिफारीस गर्ने नेकपाको आजको बैठकले निर्णय गरेको हो ।
आजको बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको बताईएका छ ।
गौतम राष्ट्रिय सभा सदस्य बनेपछि संबिधान संसोधन गराएरै भए पनि प्रधानमन्त्री बन्ने कसरतमा रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*