११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

बाजुरामा फेरि मिहपात, जनजिवन कष्टकर

१४,फाल्गुन, बाजुरा । बाजुराका अधिकांश क्षेत्रमा सोमबार (हिजो) देखि पुनः ठुलो हिमपात परेको छ । गत माघ महिनाको सुरुवात देखि परेको पानी संगै लगातार हिमपात भएको हो । सोमवार (हिजो) फेरि परेको भारी बर्षा र हिमपात कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

वर्षा संगै परेको हिमपातका कारण यहाँका ग्रामीण भेगका सडकमा हिडडुल गर्न स्थानियलाई अप्ठेरको परेको स्थानिय पत्रकार संगिता तिमल्सिनाले जानकारी दिईन । हिमपातका कारण स्थानिय रुटमा चन्ने सवारी साधन बन्द भएका छन्, भने बिद्यालय जाने बालबालिका तथा स्वास्थ्य संस्था सम्म जाने विरामीलाई समते अप्ठेरो परेको स्थानियले बताएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पतालकालागि रिफर गरिएका बिरामीलाई गाडि नगुडेकाले आवतजातवत गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।
जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा झण्डै ३–४ फिट हिउँ जमेको स्थानियले बताएका छन । लगातार हिमपात संगै भएको बढेको चिसोका कारण दैनिक उपभोग्य बस्तु किनमेल गर्न समेत अप्ठेरो परेको स्थानियले गुनासो गरेका छन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*