१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्वात दर्ता, तीन मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। यस्तै, प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका छन्। 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले आज राजीनामा दिएका हुन् ।

पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन्। त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*