१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

बाँकेमा आठ सरकारी कर्मचारी पक्राउ

५, चैत, बाँके । व्यक्तिको नाममा सरकारी जग्गा सार्न भूमाफियालाई सहयोग गरेको आरोपमा आठ सरकारी कर्मचारीलाई गए राति बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेल रहेको जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ ।
त्यस्तै मालपोत कार्यालय बाँकेबाट हुलाक कार्यालय बाँकेमा सरुवा भएर गएका अधिकृत पुष्पा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
पक्राउ परेका हरुले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले बताए । उनीहरु जग्गा कीर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का गरिएको प्रहरीको भनाई छ ।
व्यक्तिको नाममा सरकारी जग्गा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित भए सेवा प्रवाहमा समस्या आउन नदिन अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*