६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

बबई गाउँपालिकाको अध्यक्षकी श्रीमती माथि हातपात

दाङ । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलकी श्रीमती माथि बिहिबार बिहान् अज्ञात हतियारधारी समुहले हातपात गरेको छ ।
पौडेलकी श्रीमती कमला पौडेलमाथि वडा न. ४ हापुरे स्थित आफ्नै घरमा बिहान ५ बजेको समयमा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समुहले हातपात गर्नुका साथै हतियार देखाएर धम्काएका थिए ।
बिहान आफु मर्निङ वाक निस्केको समयमा हतियारधारी समुहले श्रीमती माथि हातपात गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
उक्त समुहले हापुरे बजारको चोकमा स्थानीय चन्द्रबहादुर वली माथि समेत आक्रमणको प्रयास गरेका थिए । वलीले प्रतिकार गरेपछि उनीहरु मोटरसाइकलबाट भागेकका थिए ।
राजनीतिक प्रतिशोध साँधेर आफुलाई आक्रमन गर्न आएको हुन सक्ने अध्यक्ष पौडेलले बताए ।
आक्रमनकारीको खोजिकार्य र घटनाका बारेमा अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*