७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

बडादसैं प्रारम्भ, आज पहिलो दिन घरघरमा घटस्थापना गरि जमरा राखिदै

हिन्दुहरुमो महान चाड बडादसैं (आज) बिहीबार देखि शुरु भएको छ ।
प्रत्यक बर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरु हुने यो पर्व आश्विन शुक्ल पुर्णिमा सम्म धुमधामका साथ मनाउने गरिन्छ ।
बडादशैंको आज पहिलो दिन घटस्थापना हो । आजको दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरि दसैंको सुरुवात गरिन्छ ।
घटस्थापनाको पहिलो दिन आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरि पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक जमरा राख्ने प्रचल छ ।
पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने भएकोले यो दिनलाई बिशेष महत्वका साथ लिने गरिन्छ ।
दसैं प्रारम्भ भए संगै रोजगारी तथा घरदेखि टाढा कर्म थलोमा रहेका परिवारका सदस्यहरु मान्यजन तथा बुबा आमा संग बिजया दसमीको दिन टिका लगाउन घर जान थालेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*