२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

बञ्चरेडाँडावासीले भदौ १ देखि फोहोर फाल्न नदिने, फोहोर व्यवस्थापन मेयर बालेनलाई फलामका चिउरा झै बन्दै

आफुहरुलाई बेवास्ता गरेको भन्दै बञ्चरेडाँडावासीले त्यस क्षत्रको ल्यान्डफिल साईटमा फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।
बञ्चरेडाँडा ल्यान्डफिल साईट सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गरेर काठमाडौं महानगरले सम्झौता अनुसार काम नगरेको भन्दै भदौ १ गते देखि सधैकालागि फोहोर फाल्न नदिने घोषणा गरेको हो ।
महानगरले आफुहरुसंग गरेको सम्झौता अुनसार काम नगरेको तथा उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साईट नखोजेर बेवास्ता गरेकोले आफुहरु यस्तो निर्णय गर्न वाध्य भएको सरोकार समितिक संयोजक श्रीराम ढुंगानाले बताए ।
संयोजक ढुंगानाले आफुहरुको यो निर्णय प्रधानमन्त्री कार्यालय तथा सहरी विकास मन्त्रालयलाई समेत जानकारी गराईसकेको बताए ।
साथै उनले बञ्चरेडाँडा क्षेत्रका स्थानियहरुको जिउधनको रक्षा गर्दै आफुहरुको माग पुरा गर्ने ग्यारन्टी गरे मात्र आफु फोहोर फाल्न दिन सहमती जनाउने समेत बताए ।
बञ्चरे डाँडाबासीको यो निर्णय संगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या उत्पन्न हुने देखिएको छ ।
स्वतन्त्र उमेदवार बनि जनताको मन जितेर काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहालाई बन्चरेडाँडा बासीको यो निर्णयले फेरी समस्यामा पारेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*