१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

फेरी तीन दिन सम्म मौसम खराब हुने

४, बैशाख काठमाडौँ । बुधबार (आज) देखि तीन दिन अर्थात बैशाख ६ गते सम्म लगातार नेपालको मौसम खराब हुने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले मौसम प्रभावित हुने अनुमान गरेको हो ।
देशैभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी क्षेत्रका केही स्थानमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।
महाशाखाको अनुसार आजबाट पश्चिमी वायु सक्रिय भई मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुने भएकोले सवै क्षेत्रमा सर्तक रहन आग्रह गरेको छ ।
देशको तराईका क्षेत्रमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरेको हो ।
केहि समय यता जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्दै आएको मौषमको पूर्वानुमान मिल्दै आएको छ ।
यस अघि गत चैत्रमा तराईमा आएको हावा हुरी संगैको भुमरीले ठुलो धनजनको क्षेति गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*