८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

प्रहरीले काठमाडौंबाट ९२ चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो

काठमाडौं । काठमाडौंबाट प्रहरीले ९२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शंकास्पद गतिविधि गरेको आशंकामा सोमबार काठमाडौंका बिभिन्न स्थानबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
संघिय राजधानीको मनमैजु, बाँसबारी र सामाखुसी लगायतका स्थानलाई सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोटका आधारमा उनिहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चिनियाँ नागरिकबाट शंकास्पद गतिविधि भएको हुन सक्ने भन्दै सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा (बादल) लाई रिर्पोट बुझाएका थिए ।
सोही आधारमा प्रहरीले अपरेशन थालि उनिहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
पक्राउ परेका अधिकांश चिनियाँ नागरिकको भीसाको म्याद समेत सकिएको पाईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*