१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रनिनिधी सभा संसद बैठक आउँदो १६ गतेसम्मका लागि स्थगित

काठमाडौँ । शुक्रबार बस्ने भनिएको प्रतिनिधी सभा सांसदको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर आउँदो पुष १६ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको श्रोतले बताएको छ ।
शुक्रबार दिउँसो बस्ने बैठकले रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया अघि बढाउने लागाएतको कार्यसुचि रहेको थियो ।
तात्कालिन सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकी एक महिला संग यौन काण्डको आरोपमा परे पछि सभामुख पद रिक्त रहदै आएको छ । रिक्त पदमा उपसभामुख डा.शिबमाया तुम्बाहाङफे ले सञ्चालन गर्दै आएकी छिन् ।
अहिले रिक्त सभामुखको टुङ्गो लगाउन सत्तारुढ दल (नेकपा)का शिर्ष नेताहरु छलफमा रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*