१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्रधानमन्त्री ओलीले संविधानमाथि कु नै गरे : दीपक गिरी

नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री दीपक गिरीले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटन गर्ने अधिकार बर्तमान संविधानले नदिएको बताएका छन् ।

नेता गिरीले भने – ‘संविधानमा नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरियो । यो संविधान विपरीत छ ।’

नेता गिरीले प्रधानमन्त्रीमा देखिएको अधिनायकवादी शैलीले संविधानमा नै कु गरेको आरोप लगाए ।

संसद अधिवेशन बोलाएर जनताका समस्याबारे छलफल गर्नुपर्ने बेलामा सरकार जिम्मेवारीबाट पन्छिँदै तानाशाह बन्न खोजेको नेता गिरीको दाबी छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*